- तिलु शर्मा पौडेल
दोहा कतार ।
कोरोनाका कारण कतारको सामाजिक तथा व्यवसायिक क्षेत्रमा पारेको असर सामान्यतर्फ उन्मुख भइ रहेको छ । कतार सरकारले कोरोनाको प्रकोप नियन्त्रणमा सफलता पाउँदै गएपछि बिभिन्न क्षेत्रमा रहेको बन्दाबन्दि क्रमशः हटाउदै गइ रहेको छ । यस अगाडि शुक्रबार र शनिबार व्यवसायिक गतिविधिमा रोक लगाइएका सम्पूर्ण क्षेत्रहरु अब नियमित रुपमा खुल्ने भएका छन् ।
रोजगारीको लागि विश्वकै प्रमुख गन्तव्य मानिएको खाडी राष्ट्र कतारमा पछिल्ला दिनहरूमा कोरोनाबाट सङ्क्रमित हुनेको संङख्या भन्दा स्वास्थ्य लाभ गर्नेको सङ्ख्या उच्च देखिएको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५३३ जनाले स्वास्थ्य लाभ गरे सँगै कुल १ लाख १ हजार १६० जनाले कोरोनालाई जितेका छन् ।
४ हजार ३२२ जनामा गरिएको परीक्षणमा थप ५१७ जनामा सङ्क्रमण फेला परेसँगै संक्रमितको सङ्ख्या १ लाख ४ हजार ५३३ पुगेको छ । थप एकको मृत्युसँगै मृतकको सङ्ख्या १६० पुगेको छ । १ लाख नागरिक संक्रमित हुँदा सबैभन्दा कम मृत्यु हुने देशहरुमा कतार अग्रपंक्तिमा रहेको छ ।
हाल ३ हजार २२३ जनाको उपचार चलिरहेको छ । जसमध्ये ६०३ जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानी, ५० जनालाई अस्पतालमा भर्ना गरेर, थप ९ जनासहित १३७ जनाको आइसियुमा उपचार चलिरहेको छ । नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नागरिकहरू रहेको बताइएको छ । कतारमा २८ लाख जनसंख्या रहेको छ जसमध्ये ४ लाख २० हजार ६४९ जनामा कोरोनाको परीक्षण गरि सकिएको छ ।































प्रतिक्रिया