यूएईलाई नेपालको चुनौतीपूर्ण लक्ष्य

यूएईलाई नेपालको चुनौतीपूर्ण लक्ष्य

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअघिको ‘वार्मअप’ खेलमा नेपालले यूएईलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । 

जिम्बाब्वेमा पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा १० विकेट गुमाउँदै २७६ रन बनाएको हो । राम्रो सुरुवात गरेको नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक अर्धशतकको योगदान गरे । 

विश्वकप छनोटको लागि उत्कृष्ट प्लेइङ -११ खोज्ने सोचका साथ नेपालले वार्मअप खेलेको हो । नेपाल कमजोर ब्याटिङकै कारण दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स पराजित भएको थियो । नेपालले अन्तिम वार्मअप खेल बिहीबार ओमानसँग खेल्नेछ । 

Logo