शरणार्थी प्रकरणमा कुनै सम्झौता गर्दैनौँ, अन्तिम समयसम्म संघर्ष गर्छाैँः प्रधानमन्त्री प्रचण्ड

शरणार्थी प्रकरणमा कुनै सम्झौता गर्दैनौँ, अन्तिम समयसम्म संघर्ष गर्छाैँः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता स्वार्थको लागि कुनै पनि सम्झौता नगरी दृढताको साथ लागेर अन्तिम समयसम्म संघर्ष गर्ने बताएका छन् । 

बुधवार माओवादी नेता धनीराम पौडेलको चौथो स्मृति दिवसमा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचारीको विरुद्धमा सुरुआतबाटै विभिन्न चुनौतिको सामना गर्दै आएकोले कुनै सम्झौता नगरी अन्तिम सम्म लडाईं लड्ने बताएका हुन् । उनले भने,‘थुप्रै जटिलटाको बीचमाहामी दृढतको साथ अगाडी बढेका छौँ । म डिआर पौडेलको स्मृति दिवसमा के भन्न चाहान्छु भने,हामी कुनै सम्झौता गर्ने छैनौँ । हामीअन्तिम समयसम्म संघर्ष गरिराख्ने छौँ ।’

प्रधानमन्त्री प्रचण्डले लामो समय संघर्ष गरेर ल्याएको परिवर्तन र उपलब्धिप्रति दक्षिणपन्थी कोणबाट प्रहार भैरहेको भन्दै परिवर्तनको रक्षा गर्नुपर्ने मुख्य जिम्मेवारी आफ्नो काँधमा रहेको बताए । 

‘तपाईं हामीले देख्या छौँ, केहीवर्ष देखि यो संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रणालीमाथि प्रहार भैरहेको छ, दक्षिणपन्थि,प्रतिक्रान्तिकारी कोणबाटै भैरहेको छ । त्यसको रक्षार्थ हामीले प्रतिबादगर्न विभिन्न खाले सहकार्य गठबन्धन बनाउँदै आयौं । यो परिवर्तनको रक्षामात्रै हैन् सुदृढ गर्ने र जनतालाई महशुस हुने गरी परिवर्तनको निम्ति संघर्ष गर्ने शक्ती नै जनता र राष्ट्रको पक्षमा इमान्दार र परिणाम दिन सक्ने हुन्छन् भनेर हामीले सावित गर्नुपर्ने छ ।’ उनले भने । 

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिकन्याय र विकासको लागि दृढतापूर्वक काम गरिरहेको दावी गर्दै जनता र राज्यको लागि इमान्दार परिणामुखी शक्ति सावित गर्नुपर्ने आवश्यकता रहेकोसमेत औंल्याए । 

Logo