सिके राउतकाे टिप्पणीः ‘छलफल नगरी बजेट निर्माण गर्दा धेरै त्रुटि देखियो’

सिके राउतकाे टिप्पणीः ‘छलफल नगरी बजेट निर्माण गर्दा धेरै त्रुटि देखियो’

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीका अध्यक्ष सिके राउतले छलफल नगरी बजेट निर्माण हुँदा धेरै त्रुटि देखिएको टिप्पणी गरेका छन् । 

बुधवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले भने, ‘बजेट बनाउनुभन्दा अगाडी नै छलफल भएको भए आज बजेटमा जुन त्रुटी देखिएको छ । त्यो देखिने थिएन ।’ 

उनले सबै जिल्लामा समान रुपले बजेट नआएको भन्दै असन्तुष्टि पोखे । बजेटबारे सम्बन्धित मन्त्रालयले अध्ययन गरेर निर्देशन दिन सम्बन्धित मन्त्रालय चुकेको उनको भनाई छ । 

‘जनताले बजेटमाथि विभिन्न प्रतिक्रिया दिईसके, तर हामी समिति भएर पनि दिन सकेको छैनौं । कसरी विभेद भईरहेको छ,के-के त्रुटि छ भनेर । सबै जिल्लामा समान बजेट छैन् ।त्यो हामीले अध्ययन गरेर सम्बन्धित मन्त्रालयले निर्देशन दिनुपर्थ्याे । त्यो कुरामा हामी पछाडी परीसकेका छौं।’ अध्यक्ष राउतले भने, ‘चारैतिर बजेटको कार्यक्रममाथि सुधारका कार्यक्रम र प्रतिक्रिया राखेर बैठक बसौं ।’

Skip This
Skip This
Logo