छिमेकी राष्ट्रलाई हेर्ने दृष्टिकोण परिवतर्न हुन आवश्यक छः सहमहामन्त्री उपाध्याय

छिमेकी राष्ट्रलाई हेर्ने दृष्टिकोण परिवतर्न हुन आवश्यक छः सहमहामन्त्री उपाध्याय

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वजलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्यायले नेपालले छिमेकी मुलुकलाई हेर्ने दृष्टिकोण परिवतर्न गर्न आवश्यक रहेको बताएकी छिन् । 

बुधवार नेपाल-भारत विश्वमैत्री संघको पहिलो महाधिवेशन उद्घाटन समारोहमा सहमहामन्त्री उपाध्यायले तपोभूमीमा स्वार्थकै कारण अपवित्र बनेको भन्दै नेपालले छिमेकी मुलुकलाई हेर्ने दृष्टिकोण परिवतर्न गर्न आवश्यक रहेको बताएकी हुन् ।  

उनले भनिन्,‘हामीले हाम्रो तपोभूमीमा स्वार्थकै कारण अपवित्रबनेको छ भन्ने मलाई लागेको छ । नेपालले छिमेकीमुलुकलाई हेर्ने दृष्टिकोण अब परिवतर्न गर्नु पर्छ ।’

नेपाल र भारतको भाषा, संस्कृति र रहनसहनमिल्ने भारतको विरोधगर्न नहुने सहमहामन्त्री उपाध्यायको तर्क छ । ‘नेपाल र भारतको सम्बन्ध त्यो कालदेखि छ । वैदिककाल देखि हो । हाम्रो धेरै कुराहरु मिल्छ ।हामी सनातन धर्ममा विश्वास गछौं । हाम्रो भाषा मिल्छ, संस्कृति मिल्छ, रहनसहन मिल्छ, सबै कुरा मिल्छ । त्यसको अर्थ हामीले अरु देशलाई विरोध गर्न जरुरी छैन ।’ उनले भनिन् ।

Logo