अमेरिकी संसद भवनमा पहिलो पटक हिन्दु वैद्दिक मन्त्र बाचन

अमेरिकी संसद भवनमा पहिलो पटक हिन्दु वैद्दिक मन्त्र बाचन

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको पहिलो हिन्दू–अमेरिकी सम्मेलन अमेरिकाको शक्तिको केन्द्र अमेरिकाको क्यापिटल हिलमा भएको थियो। 

सम्मेलन जुन १४ मा भएको थियो,जसको उद्देश्य अमेरिकामा बसोबास गर्ने हिन्दू समुदायका समस्याप्रति अमेरिकी कानून निर्माताहरूको ध्यानाकर्षण गराउने थियो। यो सम्मेलनलाई हिन्दूहरूको लागि अमेरिकी नाम दिइएको थियो।

प्राप्त जानकारी अनुसार वैद्दिक जप र प्रार्थनाको साथ अधिवेशन सुरु भएको थियो । यस क्रममा रोमेश जापराले भने,‘हिन्दू मूल्य मान्यता हाम्रो अमेरिकी संविधानसँग पूर्णरुपमा जोडिएको छ भगवद् गीतासँग प्रतिध्वनित भएको छ,त्यसैले हामी हिन्दू अमेरिकीहरूलाई आवाज दिन समर्पित छौँ।’

यस हिन्दु सम्मेलनका संस्थापक तथा अध्यक्ष रोमेश जापराले यो सम्मेलन पहिलो पटक भएको बताए। राजनीतिक सहभागिताका लागि हिन्दू अमेरिकी सम्मेलन आयोजना भएको उनको भनाइ छ। ‘हाम्रो समुदाय सांस्कृतिक,सामाजिक,आर्थिक, धार्मिक र अन्य सबै क्षेत्रमा सक्रिय छ तर राजनीतिमा हामी धेरै पछाडि छौँ,’उनले भने। 

हिन्दूहरूको लागि अमेरिकन सम्मेलन २० अन्य डायस्पोराहरूसँगै अमेरिकन फर हिन्दू राजनीतिक कार्य समितिले आयोजना गरेको हो। यस सम्मेलनमा फ्लोरिडा,न्यूयोर्क, बोस्टन,टेक्सास,शिकागो,क्यालिफोर्निया आदि शहरहरूका लगभग १३० भारतीय अमेरिकी नेताहरू सहभागी हुनेछन्।

Skip This
Skip This
Logo