जनमत पार्टीका सांसद अब्दुल खानले नागरिकताबाट वञ्चित सन्तानका बारे नसोचिए सामूहिक आत्मदाहको अवस्था आउने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद खानले नागरिकताको सवालमा सरकार र न्यायालयको सम्बन्ध त कुटे जस्तो गर म रोए जस्तो गर्छु भने झै भएको आरोप लगाए।
उनले भने ‘अहिले सरकारको ध्यान कता छ भनेर हामी हेरिरहेका छौँ। नागरिकताबाट वञ्चित भएका सन्तानहरुले विभिन्न जिल्ला र माईतीघरमा आत्मदाह गर्ने कोशिस गरिरहका छन्। यो प्रयास एक दुई दिन भित्र रोकिएन भने भोलि सामूहिक आत्मदाहा गर्ने छन्। त्यसको जिम्मेवारी कसले लिने? नेपाल सरकारले वा नेपालको न्यायालयले लिने ? सर्वोच्च अदालतले नागरिकता पीडितहरुको बारेमा जहिले पनि तिमी कुटे जस्तो गर म रोएको जस्तो गर्छु भन्ने सरकारको नीति लिएर सरकारले यताबाट पास गर्छ र सांसदले विरोध गर्छन तर न्यायालयले गएर रोकिदिन्छ। यस्तो मनोदशा र मनोवृत्ति कहिले सम्म? यस विषयमा सरकार सचेत भएन भने यसको जिम्मा कसले लिने?’





























प्रतिक्रिया