काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति प्रश्न गरेका छन् ।
नेता रावलले आज सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै भारतले मिचेका सीमा, तराईका बस्ती डुबान र कालापानीबाट भारतीय फौज हटाउनु पर्ने विषय उठाउनु पर्नेमा प्रधानमन्त्रीले यस्ता अभिव्यक्ति दिएर किन विषयान्तर गर्न खोजेको भन्दै प्रश्न गरेका छन् ।
रावलले भनेका छन् , ‘सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नु पर्ने विषय उठाई भारतसँग कुरा गर्नु पर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ?’ भन्दै उनले ‘विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?’

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएपछि अहिले उनको अभिव्यक्तिको सबैतिरबाट आलोचना भइरहेको छ।





























प्रतिक्रिया