आजबाट नयाँ बसपार्कबाट मात्रै सवारी साधन छुट्ने, नियम नमाने कारवाही

आजबाट नयाँ बसपार्कबाट मात्रै सवारी साधन छुट्ने, नियम नमाने कारवाही

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाबाट बाहिर जाने सवारी साधान नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन्। 

काठमाडौँ महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधन नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नुपर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएकाे भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजबाट लागु हुन लागेको हो।

‘निर्णय कार्यान्यन गर्ने अवस्थामा सुधार ल्याउन २०८० असार १ गते देखी नयाँ बसपार्क भन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबहाक सवारी साधान सञ्चालन गर्न सुचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलंकीदेखी जडिबुटीसम्म सवारी साधन रोक्न निषेष गरिएको छ।’

महानगरद्वारा जारी सुचना अनुसार सो निर्देशन अनुसार बसपार्कबाट मात्रै सवारी नछुट्याएमा कारबाहीसमेत गर्ने जनाएको छ। ‘सुचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १देखी ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने ब्योहोरा जानकारीका लागि अनुरोध छ।’

Skip This
Skip This
Logo