दक्षिण कोरियाका सहरमा नीरफूल

दक्षिण कोरियाका सहरमा नीरफूल

केन्द्रबिन्दु
0
Shares

प्रदर्शनरत फिल्म ‘नीरफूल’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ।धनजित वाइबाको समूहले कोरियाका विभिन्न सहरमा प्रदर्शनको अधिकार लिएको हो। फिल्मका निर्देशक फूलमान बलका अनुसार बिहीबार दुबै पक्षबिच प्रदर्शन अधिकार सम्झौता भएको छ।

निर्देशक बलले भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयासमा आधारित फिल्मलाई अन्य देशमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताए । 

गणेश हिमालको फेदी रुबी भ्याली, रसुवा र काठमाडौँमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल,सरिता गिरी, रोशन फ्युबा लगायतको अभिनय छ।फिल्म नेपाल म्यानमार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो ।

Skip This
Skip This
Logo