सांसद अजय कुमार चौरसियाले नागरिकता विहीनहरुले नागरिकता पाउदाँ नेपाल फिजीकरण हुन्छ भनेर गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै सांसद चौरसियाले नेपाली नागरिकले नागरिकता पाउनुपर्ने विषयलाई गम्भिर रुपमा नलिए यसले थप समस्या निम्त्याउने चेतावनी दिए।
उनले भने ‘आज नेपालको संविधान अनुसार नेपाली नागरिक जन्मसिद्ध नागरिकका छोरा छोरीहरु नागरिकताविहीन छन्। नागरिकता पाएका छैनन्। ती हल्ला पिटाइएको छ कि उनीहरुलाई नागरिकता दिइयो भने नेपाल फिजिकरण हुन्छ।’
उनले नागरिकता नपाएकै कारण नेपाली युवाहरुले आधारभूत अधिकार समेत प्राप्त नगरेको भन्दै आपत्ति जनाए। नागरिकलाई आत्मदाह गर्न बाध्य नबनाउन उनले सरकारलाई आग्रह गरे।





























प्रतिक्रिया