भौतिक पूर्वाधार मन्त्रालयलाई विनियोजन गरिएको बजेटप्रति एमालेको सहमति छैनः सांसद नेम्वाङ

भौतिक पूर्वाधार मन्त्रालयलाई विनियोजन गरिएको बजेटप्रति एमालेको सहमति छैनः सांसद नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद बसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधार र यातायात मन्त्रालयका लागि विनियोजन गरिएको बजेटप्रति असहमति व्यक्त गरेका छन्।

शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालय छलफलमा सहभागी हुँदै सांसद नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि प्रस्तावित बजेट भारीमात्रामा कटौती गरिएको बताएका हुन्। उनले यस्तो बजेटलाई समर्थन गर्न नसकिने पनि प्रष्ट पारे।
 
उनले भने ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि विनीयोजन गरिएको रकम प्रति म र मेरो पार्टी नेकपा एमाले नीतिगत असहमति जनाउँदै उक्त सबै बजेटको रकमहरु कट्टा गरी १ रूपैयाँ  मात्र कायम गरियोस् भन्ने कटौतीको प्रस्ताव प्रस्तुत गर्न चाहान्छु। आगामी आर्थिक वर्षको लागि सिङ्गो राष्ट्रिय बजेट १७ खर्व भन्दा बढी छ। चालु आर्थिक वर्षलाई हेर्ने हो भने ४ देखि ५ खर्व मात्र कमी छ। मुलुकमा  आर्थिक संकट छ भनिन्छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको  चालु आर्थिक वर्षको बजेट र प्रस्तावित आगामी आर्थिक वर्षको बजेटलाई हेर्ने हो भने झण्डै ३६ अर्व बजेट भारि मात्रमा कटौती गरिएको छ । ’ 

Logo