नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अहिलेको प्रणाली माथि नै आक्रमण भइरहेको टिप्पणी गरेका छन् ।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले पुरानो असफल भईसकेको प्रणाली फर्काउने कुरामा केन्द्रित भएर अहिलेको प्रणालीलाई आक्रमण गर्ने काम भएको बताएका हुन् । उनले भने, ‘पुरानो असफल भईसकेको प्रणाली फर्काउने र त्यतै केन्द्रित भएर अहिलेको प्रणालीलाई आक्रमण गर्ने काम नगरौं संविधान विपरित हुन्छ ।’
सांसद पौडेलले अहिले को प्रणाली नै बेठिक छ भन्नेहरुलाई आँखा जुधाएर बहस गर्न तयार छु भन्दै भने, ‘अहिले को प्रणाली नै बेठिक छ भनेर तर्क गर्नेहरु साथीहरुलाई भन्न चाह्न्छु म आँखा जुधाएर बहस गर्न तयार छु । आउनुहोस् छलफल गरौं ।’
सांसद पौडेलले राज्य निर्माण गर्न गरेका संकल्पहरु कसरी सुधार गर्न सकिन्छ भनेर अगाडि बढ्न आवश्यक रहेको बताए ।





























प्रतिक्रिया