राष्ट्रपति रामचन्द्र पौडेलकाे मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। मध्यरातमा त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा लगिएकाे र बिहाननै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ।
पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्याइएकाे थियाे । स्राेतका अनुसार टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएकाे छ। अहिले उनकाे सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ।
तीन दिन अघि पनि राष्ट्रपति पौडेललाई शहिद गंगालाल हृदय रोग केन्द्र, बाँसवारी लगिएको थियो । मुटुमा समस्या देखा परे पछि गंगालाल लगिएका पौडेलको त्यहाँ दुई दिनसम्म उपचार गरिएको थियो । डिस्चार्ज हुनु अघि सो अस्पतालको निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।
गत बैशाख ६ गते उनको नयाँ दिल्लीको न्याम्स अस्पतालमा भर्ना गरिएको थियो । दुई सातासम्म नयाँ दिल्लीमा उपचार गरेर फर्केका राष्ट्रपति पौडेलको छात्तिमा जमेको पानीमा संक्रमण फैलिएपछि एअर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको हो ।
उनले नयाँ दिल्ली जाँदा लागेको खर्च आफैले ब्योर्होनेसमेत जनाएका थिए। नयाँ दिल्ली जानु अघि राष्ट्रपति पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । छात्तिमा संक्रमण देखा परे उनलाई अस्पताल भर्ना गरिएको हो ।
सो अघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षण गरिएको थियो ।





























प्रतिक्रिया