समाजवादी मोर्चाबारे अध्यक्ष ओलीको व्यङ्ग्यः लिभिङ टुगेदर चलिरहेकै छ, केका लागि मोर्चा ?

समाजवादी मोर्चाबारे अध्यक्ष ओलीको व्यङ्ग्यः लिभिङ टुगेदर चलिरहेकै छ, केका लागि मोर्चा ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक दलबीच समाजवादी मोर्चा बनाउने तयारी चलिरहेको समाचारप्रति व्यङ्ग्य गरेका छन् ।

शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसंग तर्सिएर गठबन्धन गरिएको र अब गठबन्धनले समेत नपुगेर समाजवादी मोर्चा बनाउन लागिएको तर्क गरेका हुन् । 

उनले भने, ‘गठबन्धनले नपुगेर समाजवादीमोर्चा नै बनाउँने र अब किन भन्दा एमालेसँग मुकाबला गर्न  । एउटा उद्देश्य र अर्को कांग्रेसलाई तर्साउने । यो बनाएर हुन्छ के ? सँगै छन् चिनेकै मान्छे हुन्, लिभिङ टुगेदर त चलिरहेकै छ त ?’

अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्तिनिर्माण गरेर अरु सबै मिले पनि मुकाविला गर्न नसक्ने बनाउन कार्यकर्तालाई निर्देशन दिए । 

Skip This
Skip This
Logo