रचना रिमालले ल्याइन् ‘मैदानमा आउँदैछ टीम नेपाल’ [भिडियाे]

रचना रिमालले ल्याइन् ‘मैदानमा आउँदैछ टीम नेपाल’ [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

क्रिकेटप्रेमी गायिका रचना रिमालले ‘मैदानमा आउँदैछ टीम नेपाल’ बोलको नयाँ गीत ल्याएकी छन् । आइतबारदेखि सुरु हुने आइसीसी पुरुष विश्वकप छनोट प्रतियोगितामा नेपालको सहभागीतालाई लक्षित गर्दै रचनाले उक्त गीत सार्वजनिक गरेकी हुन् । 

शब्द रचना तथा संगीत पृथ्वीन्द्र खनालको रहेको यस गीतमा रचनाले स्वर दिएकी हुन् । मिराज रिजालले सम्पादन गरेको गीतको भिडियोमा नेपाली क्रिकेट टोलीको प्रदर्शनलगायत देखाइएको छ । 

रचना क्रिकेटप्रेमी सेलिब्रिटी हुन् । उनी घरेलु मैदानमा भएका नेपाली क्रिकेटको कुनै पनि खेल छुटाउँदिनन् । 

विश्वकप छनोट अन्तर्गत नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल आइतबार घरेलु टोली जिम्बाबेसँग खेल्नेछ । त्यस्तै, नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ। 

भिडियाे-

 

Logo