प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न जिल्लामा गएको बाढी पहिरोका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन्।
उनले बेपत्ताहरूको खोजी,उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन्।
गएरातिदेखि परेको भारी वर्षाका कारण सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन्। यता ताप्लेजुङमा पनि पहिरोमा परी ४ जना बेपत्ता भएका छन्। त्यस्तै गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन्।





























प्रतिक्रिया