दलभन्दा माथि उठेर नागरिकताको समस्या समाधान गरौंः सांसद खान

दलभन्दा माथि उठेर नागरिकताको समस्या समाधान गरौंः सांसद खान

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीका सांसद अब्दुल खानले नागरिकता विहीनहरूले एक पछि अर्कोले आत्महत्या गर्न थालेको गुनासो गरेका छन् ।

आईतवार प्रतिनिधि सभाको बैठकमा सांसद खानले जनता नरहे केको लागि राजनीति गर्ने भन्दै दलभन्दा माथि उठेर नागरिकताको समस्या समाधान गर्न आग्रह गरेका हुन् । 

उनले भने, ‘१ गते सुनसरी जिल्लाको हरिनारायण मण्डलले नागरिकताको सिफारिस माग्दा वडा कार्यालयबाट अपशब्द प्रयोग गरेको कारण आत्महत्या गरेँ। २ गते मोरङका चन्द्र झाका २२ वर्षीय छोरा निरजकुमार झाले बाबुको जन्मसिद्ध नागरिकता र आमाको वंशजको नागरिकता हुँदा हुँदै पनि नागरिकता नपाएर आत्महत्या गरे, त्यसैले दलभन्दा माथि उठेर जनतालाई न्याय दिनुपर्छ, जनता नरहे कसमाथि केको लागि राजनीति गर्ने ?’

Logo