जिम्बावेविरुद्ध ऐतिहासिक शतकबाट चुके कुशल भुर्तेल

जिम्बावेविरुद्ध ऐतिहासिक शतकबाट चुके कुशल भुर्तेल

केन्द्रबिन्दु
0
Shares

नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध सानदार शतकबाट चुकेका छन् ।  

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल ९९ रनमा बोल्ट आउट भएका हुन् । ३१ ओभरको पाँचौ बलमा मसाकाट्जाको बलमा उनी बोल्ड आउट भएका हुन् । योसँगै उनी टेष्ट राष्ट्र जिम्बावेविरुद्ध ऐतिहासिक शतकबाट चुके । 

यसअघि तेस्रो ओभरको तेस्रो बलमै भुर्तेलले ब्यक्तिगत एक रनमै जीवनदान पाएका थिए । तर उक्त जीवनदानपछि भने उनले ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । त्यसपछि पुनः २६ ओभरको चौथो बलमा क्याच ड्रप हुँदा उनले दोस्रो जीवनदान पाएका थिए ।  

हाल नेपाल ३२ ओभरमा एक विकेटको क्षतिमा १७१ रन बनाएर खेलिरहेको छ । नेपालले रनको खाता खोल्न १४ औं बलसम्म कुर्नुपरेपनि पछि भने साझेदारीसँगै ब्याटिङ लयमा फर्किएको थियो । कुशल र आशिफ शेखको यो साझेदारी नेपालको एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो ओपनिङ साझेदारी हो । 

Logo