काठमाडौंमा आंशिकरुपमा संचालनमा आए सार्वजनिक यातायात, सुन्दर यातायात आजदेखि चल्ने (भिडियोसहित)

काठमाडौंमा आंशिकरुपमा संचालनमा आए सार्वजनिक यातायात, सुन्दर यातायात आजदेखि चल्ने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लकडाउन पछि बन्द रहेका सार्वजनिक यातायात आंशिकरुपमा सुचारु हुन थालेका छन् । साझा यातायात र मयूरले आफ्ना सेवालाई आंशिकरुपमा संचालन गरिसकेका छन् । यसैक्रममा आजदेखि नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायात पनि काठमाडौँ उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ ।

प्रालिले कोभिड–१९ को सङ्क्रमण नेपालमा भित्रनु पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो । सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय गरेकामा त्योसमेत नलिई बस सञ्चालन गर्न लागिएको प्रालिकी प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ । चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले बिहीबारदेखि काठमाडौँ उपत्यकामा उपत्यका भित्रै र अरू जिल्लामा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो । उपत्यकामा आइतबारसम्म ट्याक्सी बाहेक अरू सवारीसाधन सञ्चालन भएको थिएन । सोमबार मयूर, उपत्यका यातायात लगायतका केही कम्पनीले बस सञ्चालन थालिसकेका छन् ।

Skip This
Skip This
Logo