‘आदिपुरुष’को निर्माण कम्पनीले माग्यो माफी

‘आदिपुरुष’को निर्माण कम्पनीले माग्यो माफी

केन्द्रबिन्दु
0
Shares

‘आदिपुरुष’को निर्माण कम्पनी सुपर क्यासेट्सले इमेल मार्फत फिल्ममा समावेश संम्वादले परेको प्रभावप्रति माफी मागेको छ। निमार्ण कम्पनी सुपर क्यासेट्सले आइतबार बेलुका काठमाडौँ महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई इमेल पठाउँदै माफी मागेका हुन्।

कम्पनीले पठाएको पत्रमा उक्त संवाद भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा बोलिएको भन्दै कलात्मक शैलीबाट मात्र बुझ्न पर्ने उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ,‘हामी नेपाली नागरिकको संवेदनामा परेको असरप्रति माफी माग्छौँ, राघव पात्रको रुपमा अभिनेता प्रभासले भनेको डायलगले सीता माताको जन्मथलोलाई इंगित नगरेर भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा भन्न खोजिएको हो।’

Logo