एमबाप्पेको निर्णायक गोलमा फ्रान्सको जित

एमबाप्पेको निर्णायक गोलमा फ्रान्सको जित

केन्द्रबिन्दु
0
Shares

फरवार्ड केलियन एमबाप्पेको निर्णायक गोलमा फ्रान्सले युरो कप २०२४ को छनोटमा झिनो जित निकाल्दै लगातार चौँथो जित दर्ता गरेको छ।

फ्रान्सले ग्रीसलाई १–० ले पराजित गर्दै युरो छनोटमा लगातार चौथो जित दर्ता गरेको हो । घरेलु टोली फ्रान्सको जितमा दोस्रो हाफमा एमबाप्पेले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ५५औँ मिनेटमा गोल गर्न सफल भएका थिए।

स्टेड डि फ्रान्स पेरिसमा सोमबार राति भएको खेलमा घरेलु टोली फ्रान्सले पाहुना टोली ग्रीसमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि गोलको लागि पेनाल्टीकै साहरा लिनु परेको थियो।

कोन्सटानटिनोस माभरोपानोसले पेनाल्टी बक्समा एन्टोइन ग्रिजमनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै फ्रान्सलाई पेनाल्टी प्रदान गरेको थियो ।

तर, एमबाप्पेको पेनाल्टीलाई गोलरक्षक ओडिसिएस भ्लाचोडिमोसले बचाएपनि पेनाल्टी प्रहारअघि नै लाइन क्रस गरेपछि रेफ्रीले फ्रान्सलाई रि पेनाल्टी प्रदान गर्दा यसपटक एमबाप्पे चुकेनन्।

६९औँ मिनेटमा ग्रीस १० खेलाडीमा समेटिन पुग्यो ।कोन्सटानटिनोस माभरोपानोस सिँधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसपछि थप गोल निस्कन नसक्दा फ्रान्स विजयी हुन सफल भएकाे हाे।

Logo