फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इन्डोनेसियालाई हराएको छ। सोमबार भएको खेलमा अर्जेन्टिनाले इन्डोनेसियालाई २-० ले हराएको हो।
अर्जेन्टिनाको जितमा लिन्द्रो पारेडेस र क्रिस्टियन रोमेरोले एक एक गोल गरे। खेलको ३८ औँ मिनेटमा लिन्द्रोले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका हुन्। त्यसपछि खेलको ५५ औँ मिनेटमा रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाउन सफल भएकाे थियाे।





























प्रतिक्रिया