संसद भवनभित्रै भएको बेथितिले लज्जाबोध गरायोः सांसद ढकाल

संसद भवनभित्रै भएको बेथितिले लज्जाबोध गरायोः सांसद ढकाल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको बताएका छन्।

 मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले भ्रष्टाचार, वेथिति र विभेद खोज्न टाढा जान नपर्ने बताए। उनले संसद भवन नै भ्रष्टाचार र वेथितिको अखडा बनेको बताउँदै यही भित्र विभेदको अनुपन नमूना रहेको बताए। 

उनले भने‘बेथितिका कुराहरु गरिरहँदा मित्र राष्ट्र चीन सरकारले बनाई दिएको यो विल्डिङ शहरी विकास मन्त्रालय अन्तर्गत पर्दछ। यो बिल्डिङको बेथितिको कुरा उठाउँदैछु। शहरी विकास मन्त्रालयका छानो टाल्नलाई बजेट आउँदो रहेछ। यो वर्ष पनि चुहिन्छ। यही कम्पाउण्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ। पानी आउँदैन, भुक्तानी भएछ। यही भित्र संसद सचिवालयका कर्मचारीहरुको खाजा भत्ता छ। मर्यादापालक दाजुभाई, दिदीबहिनीहरुको १२ घण्टासम्म यहाँ ड्यूटी गर्नु हुन्छ। उहाँहरुलाई एक रुपैयाँ पनि भत्ता छैन। यो विभेद, यही भित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाँही लज्जाबोध हुन्छ। म सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

Logo