सीमा नजिक बनेका सडक, बाँध, तटबन्ध हटाउन सरकारलाई निर्देशन

सीमा नजिक बनेका सडक, बाँध, तटबन्ध हटाउन सरकारलाई निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संसदीय समितिले सीमा नजिक बनेका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरु तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय मापदण्ड विपरित सीमा नजिकैका क्षेत्रहरुमा निर्माण भएका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरुलाई तत्काल हटाउन पहल गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

सीमा नजिक बनेका संरचनाहरुले नेपालतर्फ डुवान परेकोले त्यस्ता संरचनाहरुलाई तत्काल हटाउनु पर्ने समिति सभापति शशी श्रेष्ठले बताइन् । समितिले भु–बनोटको जाँच गरी उच्च जोखिममा रहेका बस्तीहरुलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्न समेत निर्देशन दिएको छ । यस्तै डुवान मुक्त घरको नमुना तयार गरी एकीकृत वस्ती बसाल्न आवश्यक व्यवस्था गर्न निर्देशन दिइएको सभापति श्रेष्ठले बताइन् ।

बाढी पहिरो र डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी समाधानका लागि कार्ययोजना वा गुरुयोजना तयार गर्न समेत निर्देशन दिएको छ । समितिले बाढी पहिरो र डुबानबाट पर्न सक्ने असरलाई तत्काल व्यवस्थिगत गर्न स्थानीय तहमा श्रोत साधन सहतिको विपद व्यवस्थापन कार्यालयको स्थापना गर्न समेत निर्देशन दिएको छ । बाढी पहिरो र डुबानबाट वेपत्ता भएका हरुको तत्काल खोजी उद्धार गर्ने र बाढीबाट प्रभावित सम्पूर्ण पीडितहरुलाई विभिन्न तहहरुको समन्वयद्वारा एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

Logo