नेपाललाई अमेरिकाविरुद्ध पावर प्लेमा ४ विकेट, चम्किए करण

नेपाललाई अमेरिकाविरुद्ध पावर प्लेमा ४ विकेट, चम्किए करण

केन्द्रबिन्दु
0
Shares

नेपालले आईसीसी एकदिवशीय विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्ध पावर प्लेमा सानदार सुरुवात गरेको छ । 

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले पहिलो १० ओभरमा ४ विकेट गुमाएको हो । ती सबै विकेट तीव्र गतिका बलर करण केसीको नाममा छ ।  

अमेरिकाले ६ रन जोड्दा दुई विकेट गुमाईसकेको थियो । दोस्रो ओभरको पाँचौँ बलमा स्टेभेन टेलरलाई ४ रन र छैटौँ बलमा मुक्कामल्लालाई गोल्डेन डकआउट गरे । 

त्यस्तै,  उनले सात ओभरको पाँचौ बलमा तेस्रो विकेट दिलाए । उनले कप्तान आरोन जोन्सलाई २ रनमा आउट गरेका हुन् । उनी २२ बल खेलेका थिए । साथै ९ ओभरको दोस्रो बलमा केञ्जिगेलाई एक रनमा आउट गरे । 

Logo