उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जलवायु परिवर्तनले पार्न थालेको असरविरुद्ध जुध्न साझा प्रतिबद्धता आवश्यक भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित साउथ एसियन क्लाइमेट एक्सन कन्फ्रेन्सलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनले पारेको प्रभाव कम गर्न उच्च स्तरीय एजेण्डा तयार पार्नुपर्ने बताएका हुन् । उनले भने, ‘जलवायु परिवर्तनका लागि साझा समस्याहरूको राम्रो समाधान खोज्न यो साझा प्लेटफर्म सिर्जना गर्न हामी सबैमा साझा प्रतिबद्धता आवश्यक छ, जस्का लागि उच्च स्तरीय एजेन्डा स्थापित गर्नु पर्ने मेरो सुझाव छ ।’
उपराष्ट्रपति यादवले दिगो संसार निर्माण गर्ने प्रयासका लागि वातावरणको संरक्षण प्रतिको सजगतालाई सबै राष्ट्रले ध्यान दिनुपर्ने पनि बताए ।































प्रतिक्रिया