शहरको व्यवस्थित निर्माण र विकासमा राज्यको ध्यान जानुपर्छः गोकुल बास्कोटा

शहरको व्यवस्थित निर्माण र विकासमा राज्यको ध्यान जानुपर्छः गोकुल बास्कोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले शहरको व्यवस्थित निर्माण  र विकासमा राज्यको ध्यान जानुपर्ने बताएका छन् । 

मंगलबार संसदमा बजेटको मन्त्रालयगत विनियोजनमाथिको छलफलमा भाग लिदैं सांसद बास्कोटाले पुराना शहरको मौलिकता र उनीहरुको जीवन शैलीमाथिको अतिक्रमणलाई जोगाउन भित्री शहरहरुको बारेमा सोच्न आवश्यक भएको बताएका हुन् । 

उनले भने, ‘पुराना शहरको मौलकिता र उनीहरुको जीवन शैलीमाथिको अतिक्रमणलाई जोगाउन हामीले भित्री शहरहरुमा केही सोचेका छौं ?ती केही कार्यक्रम छैनन् । सडक बत्तिहरु छन,छैनन् । हाउस म्यापिङ छ छैन् ?सुरक्षित वस्ती विकास र जनताआवास कार्यक्रमहरु तपाईहरुको निर्माणको शहरी विकास मन्त्रालयको क्यामेराबाट फोकस आउट भएको छ । हिमाली शहर स्मार्ट शहर नयाँशहर कहाँ छ यहाँ केहीपनि छैन्। केही नयाँ गर्नको लागि पनि हैन ।’ 

सांसद बास्कोटाले अघिल्लो सरकारले शहरी विकासको सन्दर्भमा सुरु गरेका कार्यक्रमलाई निरन्तरतानदिएको भन्दै संसद भवन बनाउन कति समय लाग्छ भनेर प्रश्न गरे ।  उनले भने, ‘लामो कुरै गर्नु पर्दैन संसद भवनकहिले बन्छ ? यो कार्यकाल अरु तीनवर्ष लाग्छ भन्छन् । धरहरा निर्माण कति लाग्छ भन्दा अरु २ वर्ष लाग्छ भन्छन् । अछामको मंगलसेन दरवार कतिहो कति तपाईहरुको सत्तासिनको पालामा पनि बन्दैन । भै आएका कुरा स्वीकार्न पनि सक्नु भएन् । यसमा दुःख लाग्या छ । नगर बनेको छ उनिउका स्वाउला कटुसका झाङ छावलीका घरहरु राख्ने जनतालाई कर थोपर्ने सेवा सुविधादिने कुरामा यो बजेट पुग्छ ?’

Logo