शायन जहानगिरको उत्कृष्ट शतकमा अमेरिकाले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रन बनाएको हो । अमेरिकाका लागि सातौं नंबरमा मैदानमा आएका शायन जहानगिरले सानदार शतक प्रहार गरे । उनले ७९ बलमा १०० रन जोडे ।
एक समय १८-४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्दसिंह र त्यसपछि शायनको इनिङले अमेरिकाले सम्मानजनक रन बनउन सफल भयो । सुशान्तले ४२ रन जोड्दा गजानन्दले रन बनाए । अन्य खेलाडीको राम्रो प्रदर्शन रहेन ।
बलिङमा नेपालका तीव्र गतिका बलर करण केसीले ३ मेडनसहित ४ विकेट लिए । साथै गुल्सान झाले ३ विकेट, दीपेन्द्रसिंह ऐरीले २ विकेट र ललित राजवंशीले एक विकेट लिए ।
तर, नेपालका प्रमुख हतियार माानिएका सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे । अमेरिकाविरुद्ध सन्दीपले पूरै १० ओभर खेल्दा पनि विकेट लिन सकेनन् । सर्वाधिक आशा गरिएका उनले सो क्रममा ५८ रन खर्चिए । उनी यसअघि पहिलो खेलमा जिम्बावेसँग पनि विकेटविहीन रहेका थिए ।विश्वका विभिन्न लिग खेलेको हुँदा यो स्तरमा राम्रो गर्न सक्ने अनुमान गरिए पनि उक्त पिचमा उनको बलिङ नचल्दा नेपालले हार व्यहोर्न पुगेको थियो ।





























प्रतिक्रिया