सरकारसँग पैसा छैन भने सांसदलाई दिएको ५ करोड मलाई चाहिँदैनः सांसद सिंह

सरकारसँग पैसा छैन भने सांसदलाई दिएको ५ करोड मलाई चाहिँदैनः सांसद सिंह

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सरकारसँग पैसा छैन् भने सांसदलाई दिएको ५ करोड आफुलाई नचाहिने घोषणा गरेका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा सांसद सिंहले पैसा नभए जापान सरकारसँग ऋण लिन  सुझाव दिएका हुन्। उनले जापान सरकारले ०.५ प्रतिशत ब्याजमा ऋण दिने जानकारी पनि सरकारलाई दिए । 

उनले भने, ‘नेपाल सरकारसँंग पैसा छैन भने म अर्थमन्त्री ज्युलाई भन्न चाहन्छु जापान सरकारसंग अनुदान वा ०.५ प्रतिशत व्याजमा पाउन सक्छ । सरकारसंग पैसा छैन भने हामीलाई दिनुभएको ५ करोड रुपैया हामीलाई चाहिँदैन । आर्थिक मन्दीबाट देशलाई निकाल्नको लागि व्यापार घाटाबाट देशलाई उकास्नको लागि यो प्रोजेक्टमा हामीलाई दिनुभएको ५ करोड रुपैयाँ राप्रपाको तर्फबाट सम्पूर्ण तपाईहरुलाई दिन्छौं । तर यो चाहियो हामीलाई । एमाले र रास्वापाले पनि यसको लागि दिनुहुन्छ भन्ने विस्वास छ ।’ 

सांसद सिंहले देशमा विद्युतीय सवारी साधन र सुरुङ मार्गको महत्व बढेको बताउँदै पेट्रोलियम पदार्थमा हुने खर्च रोक्न आवश्यक भइसकेको चर्चा गरे । उनले भने ‘ पेट्रोलियम पदार्थमा सरकारको अरवौं रुपैया खर्च भईरहेको छ । यसले लगभग ४० प्रतिशत घटाउछ । तर यसतर्फ सरकारले कुनै ध्यान दिएको छैन् । दुर्घटना र ठूलो जनधनबाट बच्न सक्छ । आज मुग्लिनको तल्लो बाटो गएर त्रिशुलीमा खसेपछि न सास फेला पर्छ न लास फेला पर्छ न गाडी फेला पर्छ  । यो अवस्थाबाट मुक्ति दिलाउनको लागि यो प्रोजेक्ट नेपाल सरकारले गर्नु पर्ने जरुरी छ । ७ वर्षमा त्यो सुरुङबाट पस्दा खेरि जुन ट्याक्स लिनेछ ७ वर्षमा असुल हुन सक्ने अवस्था पनि छ ।’

सांसद सिंहले यो बजेट पहिलो दिनदेखि नै विवादित रहेको र यसले देशको आर्थिक मन्दीलाई रोक्न मद्धत नगर्ने दावी गरे । 

Logo