नेपाल माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ । मालेमा मंगलबार राति भएको दोस्रो सेमिफाइनलमा नेपाललाई भुटानले हराएको हो ।रोमान्चक खेलमा भुटानले नेपाललाई ६१-६० ले हराएको हो ।
लिग चरणमा शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको नेपाललाई भुटानले लगातार दोस्रो खेलमा हराएको हो । अन्तिम सेकेण्डको बजर बिटरमा ३ अंक जोडेपछि भुटानले फाइनल यात्रा तय गरेको हो । लिग चरणको पहिलो खेलमा समेत नेपाललाई भुटानले ६१-५५ ले हराएको थियो ।































प्रतिक्रिया