इंग्लिस क्लब लिभरपुलका पूर्व फरवार्ड साडियो मानेले दुई गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिलमाथि पूनरागमन जित निकालेको छ। सेनेगलले १–० ले पछि परेको स्थिति ब्राजिलमाथि ४–२ को पूनरागमन जित निकालेको हो।
सेनेगलको जितमा मानेले दुई गोल गर्दा हबिब डियालोले एक गोल गरे। एक गोल उपहार पाएको थियो। ब्राजिलका लुकास पाक्वेटा र मार्किन्हसले गोल फर्काए । पोर्चुगलको लिस्वनमा मंगलबार राति भएको खेलको ११औँ मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । तर, ब्राजिलको त्यो अग्रता लामो समय टिकेन। २२औँ मिनेटमा हबिब डियालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
५२औँ मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि ब्राजिल खेलमा २–१ ले पछि पर्यो। ५५औँ मिनेटमा साडियो मानेले गोल गरेपछि ब्राजिल खेलमा ३–१ ले पछि पर्यो। ५८औँ मिनेटमा मार्किन्हसले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए। त्यसपछि इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौँथो गोल गरेपछि सेनेगलले ब्राजिलमाथि सानदार पूनरागमन जित निकाल्न सफल भएकाे हाे।
अफ्रिकी टोलीसँगको पछिल्लो चार खेलमा ब्राजिलको यो तेस्रो हार बेहोरेको हो। फिफा विश्वकप कतार २०२२ मा क्यामरुनसँग पराजित भएको ब्राजिलले त्यसपछि मैत्रीपूर्ण खेलमा मोरक्कोसँग पराजित हुँदा गिनियालाई पराजित गरेको थियो ।





























प्रतिक्रिया