‘दर्पण छाँया २’का नायक नायिकाले इन्गेजमेन्ट गरेका छन्। साे पफिल्मबाट डेब्यू गरेकी अभिनेत्री साहारा कार्की तथा अभिनेता फिरोज तिमिल्सिनाले हालै इन्गेजमेन्ट गरेका हुन्। पारिवारिक समाराेहका बिचमा उनीहरुले हालै अमेरिकामा टिकाटालो गरेका हुन्।
अबकाे केही दिनमा नै उनीहरुको पारिवारिक समारोहकाबीच विवाह हुने जनाइएको छ। तर, विवाहकाे मिति भने सार्वजनिक गरिएकाे छैन। तुलसी घिमिरेले निर्देशित ‘दर्पण छाँया २’ बक्सअफिसमा असफल भएको थियो।
फिरोजले ‘नेपाल आइडल’मा निर्माताको रुपमा समेत काम गरिसकेका अभिनेता हुन भने उनले‘द भ्वाइस अफ नेपाल’मा मुख्य सहायक निर्देशककाे जिम्मेवारीसमेत सम्हालेका थिए।





























प्रतिक्रिया