योगको बारेमा आउने पुस्तालाई ज्ञान दिन आवश्यक छः राज्यमन्त्री कुमारी

योगको बारेमा आउने पुस्तालाई ज्ञान दिन आवश्यक छः राज्यमन्त्री कुमारी

केन्द्रबिन्दु
0
Shares

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले योगको बारेमा आउने पुस्तालाई जानकारी दिन आवश्यक रहेको बताएकी छिन्। 

अन्तर्राष्ट्रिय योग दिवस २०२३ को सन्दर्भमा काठमाडौँको कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री कुमारीले योग सम्बन्धि ज्ञान सिप र अभ्यासलाई वर्तमान तथा आउने पुस्तामा पुर्‍याउन आवश्यक रहेको बताइन्। 

उनले भनिन्, योग सम्बन्धि ज्ञान सिप र अभ्यासलाई वर्तमान र आउने पुस्तामा व्यापक रुपमा पुर्‍याउन आवश्यक छ भनेर नै विद्यालय, प्राविधिक र व्यवहारिक शिक्षामा यसलाई ल्याउने प्रयत्न गरिएको हो। तयार भएका पाठ्यक्रम र प्रोटोकलको कार्यान्वयन गर्न सकियो भने हामीले अहिलेको भन्दा धेरै उपलब्धि हासिल गर्न सक्छौँ भन्ने मलाई लाग्दछ।’
 
राज्यमन्त्री कुमारीले नेपालमा प्राचीन कालमा योगको विकास भएको थियो भन्ने कुरालाई अहिलेको नयाँ पुस्ताले ध्यान दिन आवश्यक रहेको बताइन्। योग पर्यटन  प्रवर्धन गर्न सके यसले राष्ट्र समृद्धिको मार्गमा ठूलो योगदान पुर्‍याउने बताइन्। 

उनले भनिन्ःसिप सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी एवम् संगम स्थल यस पावन भूमिमा प्राचीन कालमा योगको विकास भएको थियो भन्ने कुरालाई आजको पुस्ताले विशेष ध्यानदिन पर्दछ भन्ने मलाई लाग्दछ। यसरी योग भूमिको रुपमा रहेको नेपाललाई योगको गन्तव्य स्थलको रुपमा विकास गरी योग पर्यटनलाई प्रर्वद्र्धन गर्न सके यसले राष्ट्रलाई समृद्धिको मार्गमा लैजान योगदान पुर्‍याउँछ।’ 

राज्यमन्त्री कुमारीले योगमा शारिरीक अभ्यास मात्र नभई निश्चित नियम विधि र प्रकृया अपनाइने हुनाले यसले स्वस्थकर जीवनयापनको लागि व्यक्तिलाई शारीरीक मानसिक र अध्यात्मिक रुपमा सफल बनाउन सहयोग पुर्‍याउन समेत बताइन्। 

Skip This
Skip This
Logo