पढेलेखेका र पैसावालाहरु नहुँदा कृषि मजबुरीको पेशा बन्याेः सांसद साह

पढेलेखेका र पैसावालाहरु नहुँदा कृषि मजबुरीको पेशा बन्याेः सांसद साह

केन्द्रबिन्दु
0
Shares

आमजनता पार्टीका सांसद प्रभू साहले पढे लेखेका र पैसावाला मानिसहरु कृषि पेशामा नहुँदा मजबुरीको पेशामात्र कृषि भएको बताएका छन् । 

बुधबार प्रतिनिधिसभामा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद साहले कमजोर मानिसहरु मात्र कृषिमा आश्रित रहेकोले सरकारले नै यस क्षेत्रमा बलियो भरोस बन्नुपर्ने बताएका हुन् । उनले भने, ‘पढेलेखेका मान्छे कृषिमा छैनन् । पैसावाला मान्छेहरु कृषिमा छैनन्। मजवुरीको पेशा कृषि भएको छ । कमजोर मान्छेहरु कृषिमा आश्रित छन् । यो अवस्थालाई बदल्न सकेनौं भने के नेपालको विकास सम्भव छ । ’ 

समयमा मल नपाउने, सिंचाईको सुविधा नपाउने र सम्मानसमेत नपाउने किसानलाई राज्यले पेन्सन दिने व्यवस्था गर्नुपर्ने पनि सांसद साहको माग थियो । 

Skip This
Skip This
Logo