‘केही नदिंदा पनि गरीबको छोराले जिम्बाबे पुगेर अमेरिकालाई हरायो त’

‘केही नदिंदा पनि गरीबको छोराले जिम्बाबे पुगेर अमेरिकालाई हरायो त’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले गरीबको छोरालाई केही नदिंदा पनि जिम्बाबेमा गएर क्रिकेटमा अमेरिकालाई हराएको उदाहरण राज्यका लागि काफी हुन सक्ने बताएका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद भण्डारीले गाउँघरमा फल्ने फापर मकैको अपमान गरेर विदेशबाट कुहिएको चामल भित्र्याएर कस्तो संस्कार विकसित गर्दैछौँ भनेर प्रश्न पनि गरे । उनले भने, ‘हामीले धनी बन्ने नाममा हामीले  उत्पादन गर्ने फापर मकैलाई अपमान गरेर यो हलो जोत्नेले खाने हो यो गरीबले खाने हो भनेर हामीले विदेशबाट कुहिएका चामल भित्र्याएका छौं । हाम्रो जुन कुराहरु थियो त्यो विस्थापित ग-यौं ।’ 

सांसद भण्डारीले नेपाली युवाहरुले अमेरिकालाई हराएर मुलुकका लागि गतिलो उदाहरण दिएको चर्चा गर्दै नेपालसँग सबै हुँदाहुँदै पनि कता लागिरहेका छौं भनेर प्रश्न गरे । 

‘के हुँदै छ हाम्रो शिक्षा । के हाम्रो शिक्षा अरु देशको कपीगर्ने हो । के हाम्रो मुलुकमा केही पनि छैन । हाम्रो मुलुकमा भएको कुरा विश्वभर ग्लोबल भिलेजमा पु-याउने हाम्रो दायित्व होईन ? हाम्रो पाठ्यक्रममा लैजाने हैन् ?आखिरमा गरीवको छोरा केही नदिँदा पनि जिम्बाबेमा गएर क्रिकेट खेलेर अमेरिकामा जित्दो रहेछ नि त । त्यसैले हामीसँग सबै कुरा छ नी । त्यसैले हामीसंँग भएको सबै कुरा विश्वमा फैलाउनु पर्दैन ? कता लागिरहेका छौं हामी।’  उनले भने । 

सांसद भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। ‘क्रिकेट ग्राउण्ड त बनाइ देऊ। कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौ। एकैचोटी बनाइ दिऊँ न,’ उनले भने, ‘बजेट छुट्टयाइ दिऊँ न तिनका लागि। जसले तिमीलाई पहिचान दिएको छ।’ 

उनले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए।

विश्वकप छनोटमा नेपालको पहिलो जित, अमेरिकाको लगातार दोस्रो हार

Skip This
Skip This
Logo