किसानको माग सम्बोधनका लागि आवश्यक भूमिका खेल्छौंः महासचिव गुरुङ

किसानको माग सम्बोधनका लागि आवश्यक भूमिका खेल्छौंः महासचिव गुरुङ

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले अखिल नेपाल किसान महासंघका माग सम्बोधनका लागि आवश्यक भूमिका खेल्ने भएको छ । 

बुधवार अखिल नेपाल किसान महासंघद्धारा ३२औँ किसान संघर्ष दिवस तथा ४६ औँ जुगेडी किसान संघर्ष स्मृति दिवसकोअबसरमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले ६ वटा किसान संघको मागमा पार्टीको पूर्ण समर्थन रहेको बताए । 

उनले भने,‘६ वटा किसान समुहहरुले ६२ वटा माग पत्रहरु लिएर प्रधानमन्त्री समक्ष बैशाख १७गते दिनुभएको रहेछ । त्यसमा हाम्रो पार्टीको प्रतिवद्धता रहेको छ र पूर्ण समर्थन रहेको छ । त्यो प्रस्ताव पूरा गराउनको लागि भूमिका निर्वाह गर्ने विश्वास पनि दिलाउन चाहन्छु ।’

उनले किसानहरुको क्रान्तिको कार्यभार पूरा नभएको भन्दै समाजवादी क्रान्तिले मात्र त्यो पुरा गर्न सक्ने टिप्पणी गरे । उनले भने, ‘सामन्तवाद समाजमा रहेका जनताको अन्तरविरोध किसानहरुको अन्तरविरोध रहेको छ । तर किसानहरुको क्रान्तिको कार्यभार पूरा भएका छैनन् । जमिनदारको ठाउँमा वित्तिय एकाधिकार पुँजीवादले त्यो ठाउँ लिएको छ । किसानको कृषि क्रान्ति कार्यभार अझै बाँकी छ । त्यो समाजवादी क्रान्तिले मात्र पुरा गर्न सक्छ ।’

कृषि क्षेत्रमा आधुनिकिररण र औधोगीकरणको अर्को कुनै विकल्प नभएको उनको भनाई छ । 
 

Logo