नेपाल साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको पहिलो खेलको पहिलो हाफमै कुवेतविरुद्ध २-० ले पछाडी परेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा सुरु भएको खेलमा नेपाल कुवेतविरुद्ध २-० ले पछाडी परेको हो । कुवेतका लागि खेलको २२औं मिनेटमा कप्तान खालिद हजिअले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४०औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै अग्रता दोब्बर बनाए ।
आज प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फिलिपिन्सविरुद्ध उत्रिएको टोलीबाट एक परिवर्तन गरेका छन् । विंगमा मनिष डाँगीले आयुष घलानको स्थानमा खेलेका छन् ।































प्रतिक्रिया