नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले नेबिसंघलाई दोष लगाउने कुरा कुनै पनि हालतमा स्वीकार नहुने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा सांसद केसीले नेबिसंघ नेपालकै पहिलो आन्दोलनकारी भएकोले यस्तो संस्थालाई दोष लगाउने खालका कुरा आफूले स्वीकार नगर्ने बताएका हुन् । उनले भने, ‘नेपाल विद्यार्थी संघ नेपालको ईतिहासको सबै भन्दा पहिलो विद्यार्थीहरुको आन्दोलनकारी संस्था हो । त्यो संस्थालाई नै दोष लगाउने खालका कुनै पनि कुरा म स्वीकार गर्न सक्दिन । अहिलेको शिक्षाको कुरा गर्दा मागी खाने शिक्षा हैन गरि खाने शिक्षातिर ध्यान दिनपर्छ ।’
संसदमा सांसदहरुको संख्या बढी भएको भन्दै घटाउन माग गर्दै सांसद केसीले भने, ‘हामी अहिले सांसदमा जुन अवस्थामा छौं । त्यो अवस्थामा यही संसदको सङख्या आवश्यक हो कि हैन ? संसदको संख्या घट्न पर्छ भन्ने संविधानमा हामीले गम्भीरता पुर्वक सोच्नुपर्छ । केन्द्रीय संसद र प्रदेश संसदलाई सङख्यात्मक दृष्टिकोणले पनि गम्भीरतापुर्वक सोच्न पर्ने आवश्यकता छ ।’





























प्रतिक्रिया