साविक विजेता तथा आयोजक भारतले साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ। बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार पाकिस्तानलाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्रीले ह्याट्रिक गोल गरे। यस्तै उदान्त सिंहले एक गोल थपे। खेलको १६ औँ मिनेटमा सुनिलले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा भारत २-० ले अघि रह्यो ।
खेलको दशौँ मिनेटमा सुनिलले पाकिस्तानी गोलकिपरको गल्तीमा गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए। ह्याट्रिकसँगै सुनिलले आफ्नो ९० औँ अन्तराष्ट्रिय गोल समेत पूरा गरेका छन्। जितसँगै समूह 'ए' मा रहेको भारतले पहिलो खेलमै ३ अंक जोडेको छ। भारत शीर्ष स्थानमा रहेको छ । अब भारतले दोस्रो खेलमा शनिबार नेपालसँग खेल्नेछ ।































प्रतिक्रिया