रवि लामिछाने नेतृत्वको रास्वपाले एक वर्षमा के पायो ? के गुमायो ? [भिडियाेसहित]

रवि लामिछाने नेतृत्वको रास्वपाले एक वर्षमा के पायो ? के गुमायो ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीगठनको १ वर्ष पूरा भएको छ। पुरानो दलप्रतिको वितृष्णा, आमजनताको आशा र भरोसा लिएर उदाएको एक वर्ष नपुग्दै संसदमा चौँथो ठूलो दल बन्न पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला राजनीतिको चर्चामा छ। 

प्रतिनिधिसभामा २१ जना सांसद पुगेको भएको रास्वपा सफल देखिए पनि पार्टी जनअपेक्षा अनुसारको भूमिकामा प्रभावकारी हुन नसकेको धेरैले टिप्पणी गरेका छन्।

आन्दोलन र विद्रोहको उतारचढावबाट मात्रै पार्टी स्थापित हुने राजनीतिक परम्परालाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय भएको छ। छोटो समयमा नै चर्चाको शिखरमा पुग्न सफल भएको रास्वपाले जमेको नेपाली राजनीतिको पोखरीलाईसमेत तरंगित बनाइ दिएको छ।

रास्वपाले जन्मिएको ५ महिनामा नै शान्त विद्रोह मार्फत संसददेखि ठुला भनिएकाविभिन्न दलहरुमाझ चुनौतीका अनेकौँ पर्खाल खडा गरिदिएको छ। पार्टी स्थापनाका लागि ठूलो विद्रोह झेल्नुपर्ने इतिहास रहेको नेपाली राजनीतिमा  रास्वपाको एक वर्षे समय असाध्यै छोटो हो। तर, यही छोटो समयमा रास्वपाले सफलता मात्र होइन अपत्यारिलो रुपले बदनामी पनि भोगेको छ। 

पार्टी सभापति रवि लामिछाने नागरिकता, राहदानी लगायतको विवादमा मुछिदा पार्टीले बदनामी कमाएको थियो। त्यस्तै पार्टीका सांसद करोडौं रुपैयाँको मोलमोलाइमा लागेर पद नै गुमाउनु परेको घटना यहि एक वर्षकै बीचमा भएको छ।  

अर्कोतर्फ पार्टी सरकारमा जाने या बाहिरिने कुरामा देखाएको अपरिपक्क निर्णयले पनि पार्टी आलोचित बन्न पुगेको थियो। आम जनताको आशा र भरोसा लिएर उदाएको रास्वपाले सदन, सरकार र प्रतिपक्षको भूमिका निभाइ सकेको भएता पनि अपेक्षाकृत कार्यहरु धेरै गर्न सकेको छैन। 

नागरिकता विवादमा पार्टी सभापतिमात्र हैन उपप्रधानसहित गृहमन्त्री पद गुमाएका रवि अघिल्लो निर्वाचनमा भन्दा बढी मत ल्याएर उपनिर्वाचनमा विजयी हुनुले पनि रास्वपाको लोकप्रियता मापन गर्छ। 

रास्वपा सफल देखिए पनि पार्टी जनअपेक्षा अनुसारको भूमिकामा प्रभावकारी हुन नसकेको धेरैको बुझाई छ। ठुला भनिएका दलहरुलाई चुनौति दिदै छोटो समयमा लोभ लाग्दो सफलता पाएता पनि अगामी दिनमाराष्ट्रिय स्वतन्त्र पार्टीस्वतन्त्र रुपमा कहाँसम्म लम्किएका भन्ने शंका सबैको मनमा उब्जिएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मिसन ८४ मा जुटेको छ। जहाँ संगठन विस्तारलाई प्राथमिकतामा राखेर पार्टीले काम गरिरहेको छ।

१ सय ६५ प्रतिनिधिसभा क्षेत्रमा १ सय ५४ मा पार्टीले कमिटि गठन गरेको छ भने यहि एक बर्षकै अन्तरालमा १ लाख ८५ हजारको हाराहारीमा सदस्य बनाउनसमेत सफल भएको छ। 

Logo