आइसोलेशनमा अमिताभको दोस्रो दिन, छोडेनन् दैनिक तालिका

आइसोलेशनमा अमिताभको दोस्रो दिन, छोडेनन् दैनिक तालिका

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस संक्रमित अमिताभ बच्चनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको र आइसोलेशन वार्डमा भए पनि उनी आफ्नो दैनिक तालिकालाई निरन्तरता दिइरहेका छन् । उनी अझै पनि आफ्नो प्रशंसक, कलेज, पत्रकार र साथीहरुलाई हरेक दिन जन्मदिनको शुभकामना दिदैछन् र आफ्नो ब्लग पनि अपडेट गर्दैछन् ।

आइतबार राति उनले आफ्नो ब्लगमा लेखे “जन्मदिन मनोज कुमार ओझा, तरण घण्टासला । सोमबार १३ जुलाई दुबैलाई जन्मदिनको शुभकामना । सधै खुशी हुनुहोस् ।”

यसका साथै उनले आफ्नो लागि प्रार्थना गर्ने फ्यानहरुलाई पनि धन्यवाद दिएका छन् । उनले लेखेका छन् “मेरा प्यारा प्रियजनहरु, अभिषेक, ऐश्वर्या, आराध्या र म प्रति तपार्इंहरुको चासो, प्रार्थना र शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका सबैलाई मेरो कृतज्ञता, आदर र प्रेम । सबैलाई धन्यवाद ।” उनले आइतबार राति ट्वीटरको माध्यमबाट फ्यानहरुलाई पनि धन्यवाद दिएका छन् ।

अमिताभ–अभिषेक छुट्टाछुट्टै कोठामा भर्ना भए

नानावटी अस्पतालका अनुसार, अमिताभ र अभिषेकको अवस्था सामान्य रहेको छ । दुवै जना आइसोलेशन वार्डको छुट्टाछुट्टै कोठामा छन् । दुवैमा सामान्य लक्षणहरु छन् । डाक्टरहरुले अमिताभको दीर्घकालीन रोगहरुलाई मध्यनजर राख्दै कोरोनाको उपचार रणनीति तयार गर्दैछन् ।

आइतबारका अपडेटहरु

१. बिएमसीको टीम अमिताभको जुहू ‘जलसा’ बंगलामा सेनिटाइज गर्नका लागि पुगेका थिए । अमिताभको समान क्षेत्रमा अवस्थित प्रतीक्षा र जनक बंगलाहरुमा पनि सेनिटाइज गरेका छन् ।

२. जया बच्चन, ऐश्वर्या र आराध्याको कोभिड १९ एन्टिजेन रिपोर्ट नकारात्मक देखियो । तर, एक निजी प्रयोगशालामा दिइएको नमूनामा ऐश्वर्या र आराध्याको रिपोर्ट सकारात्मक आएको छ । अब अमिताभ र अभिषेक दोस्रो विवरणको परीक्षण रिपोर्टको पर्खाइमा छन् ।

३. क्रिटिकल केयर सर्विसेज नानावटीका निर्देशक डा. अब्दुल एस अन्सारीका अनुसार, अमिताभको अवस्था पहिलेको भन्दा राम्रो रहेको र उनी आराम गरिरहेका छन् । उनका सुरुका रिपोर्टहरु सन्तोषजनक रहेका छन् ।

४. अभिषेक बच्चनको रिपोर्ट सकारात्मक भएपछि जुहूको डब स्टुडियो बन्द भएको छ । जहाँ उनी आफ्नो वेब सिरीज ‘ब्रीद इन्टु द शेडो’ को लागि डब गर्न लागेका थिए । अभिषेक संक्रमित भए र उनका परिवारका सदस्यहरुमा संक्रमण फैलिएको पनि भनिएको छ ।

५. नानावटी अस्पतालका अनुसार, अमिताभ र अभिषेकको नियमित मेडिकल खबर जारी हुने छैन । अमिताभ आफंैले अस्पताल प्रशासनलाई भनेका छन् कि उनी स्वयंले ट्वीटरमार्फत स्वास्थ्यको बारेमा जानकारी दिनेछन् ।

६. बीएमसी मेयरले भनेका छन् ‘अमिताभ र अभिषेकको अवस्था सामान्य छ र उनीहरु छिट्टै निको हुनेछन् ।’ बच्चन परिवार बंगलामा बसोबास गर्ने सबैलाई कोभिड १९ सम्बन्धी सबै नियम पालना गर्न भनिएको छ ।

७. राति अमिताभले दुई ट्वीटमा बच्चन परिवारका लागि प्रार्थना गरिरहेका सबैप्रति आभार व्यक्त गरेका छन् । उनले अत्यन्त नम्र शब्दहरुमा ३५९१ र ३५९२ औं ट्वीटमा लेखेका छन् ‘अभिषेक, ऐश्वर्या, आराध्या र म प्रति चासो, चिन्ता, प्रार्थना र शुभकामना व्यक्त गरेका सबैलाई मेरो कृतज्ञता, प्रेम र हार्दिक आभार ।’

शनिबार साँझ, अमिताभ बच्चन र उनका छोरा अभिषेकको कोरोना परीक्षण सकारात्मक आयो । दुवैले गाडी चलाएर नानावटी अस्पताल पुगे । अमिताभ आफैंले ट्वीटरमार्पmत जानकारी दिएका थिए ।

अमिताभले लेखेका छन् ‘मैले कोरोना पोजिटिभ पाएको छु । मलाई अस्पताल भर्ना गरिएको छ । मेरो परिवार र स्टाफ सदस्यहरुको पनि परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट प्रतिक्षामा छ । अन्तिम १० दिनमा म सँग सम्पर्कमा आएका सबै व्यक्तिको टेस्ट सम्पन्न गर्न अनुरोध गर्दछु ।’

यस्तै अभिषेकले आफ्ना बुबा र उनका प्रशंसकलाई कोभिड सकारात्मक भएको बताएका छन् र नडराउन पनि भनेका छन् । उनले लेखेका छन् ‘आज हामी दुवै मेरो बुबा र म कोभिड १९ पोजिटिभ भएका छौं । हामी दुवैको सामान्य लक्षणहरु छन् । जसपछि हामी अस्पतालमा भर्ना भएका छौं । हामीले सबै आवश्यक अधिकारीहरु र परिवारलाई सूचित गरेका छौं । स्टाफ सदस्यहरुको परीक्षण भैरहेको छ । म सबैलाई शान्त रहन र आतंक नबनाउन अनुरोध गर्दछु । धन्यबाद ।’

Logo