वेस्ट इन्डिजविरुद्ध नेपालको उत्कृष्ट सुरुवातः पावर प्लेमा २ विकेट

वेस्ट इन्डिजविरुद्ध नेपालको उत्कृष्ट सुरुवातः पावर प्लेमा २ विकेट

केन्द्रबिन्दु
0
Shares

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले विश्वबिजेता वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । 

जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा टस जितेर पहिले बलिङ गरेको नेपालले पहिलो १० ओभरमा मात्रै ३० रन खर्चेर २ विकेट लिएको छ । 

खेलको दोस्रो ओभरको तेस्रो बलमै नेपालले पहिलो विकेट लिएको थियो । करण केसीले काइली मायर्सलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका हुन् । त्यस्तै, गुलशन झाले  चार ओभरको पहिलो बलमै जोनसन कार्लेसलाई आशिफ शेखको हातबाट शून्य रनमा पेवेलियन पठाएका हुन् । 

आज नेपालले मंगलबार अमेरिकासँग खेलेको प्लेईङ -११ लाई नै निरन्तरता दिएको छ । पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो । 

नेपालले कुनै पनि विश्व बिजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ । 

Logo