राष्ट्रिय वाणिज्य बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ।वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप- प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायकलगायतका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।
बैंकले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कुल ३९४ जना कर्मचारी माग गरेको हो ।योग्यता पुगेका उम्मेदवारले असार १० देखि अनलाइनमार्फत आवेदन दिनसक्ने छन्। केन्द्रीय कार्यालय र प्रदेश कार्यालय मातहतका कार्यालय कार्यक्षेत्र रहने जागिरका लागि २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।






























प्रतिक्रिया