पर्यटनको विकासका लागि हवाई क्षेत्रकोे सुधार आवश्यक छः पूर्वमन्त्री खड्का

पर्यटनको विकासका लागि हवाई क्षेत्रकोे सुधार आवश्यक छः पूर्वमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले पर्यटन क्षेत्रको विकासका लागि सरकारले आन्तरिक तयारी गर्नुपर्ने सुझाव दिएका छन् । 

तीन लाख ७२ हजार भन्दाबढी मानिसले रोजगारी पाएको पर्यटन क्षेत्रको महत्वलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताएका छन् । बजेटमाथिको छलफलमा भाग लिँदै डा. खड्काले नेपालको सन्र्दभमा पर्यटनको विकासका लागि केही कार्यक्रमहरु ल्याइएपनि कार्यान्वायनमा समस्या हुनसक्ने बताए । 

उनले भने, ‘३५ लाख पर्यटक भित्र्याउने लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ यो चुनौतीपूर्ण छ ।’

नेपालमा पर्यटन क्षेत्रको विकासका लागि हवाई यात्रा सहज बनाउनु पर्ने उनको भनाई छ । ‘आइकाओको प्रतिवन्ध नहटेसम्म नेपाली जहाज युरोप जाने र युरोपका जहाज नेपाल आउने हुन सक्दैन् यसतर्फ हामी गम्भिर हुनुपर्छ ।’ उनले भने, ‘यी समस्या समाधान नभएसम्म ३५ लाख पर्यटक भित्र्याउने हाम्रो टारगेट पुरा हुन सक्दैन् । ’

Skip This
Skip This
Logo