भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले आइतबारदेखि धर्ना तथा आन्दोलन गर्ने

भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले आइतबारदेखि धर्ना तथा आन्दोलन गर्ने

केन्द्रबिन्दु
0
Shares

विगत लामो समयदेखि विभिन्न भन्सार कार्यालयहरूमा भन्सार महसुल र भन्सार राजश्व सङ्कलनको काम गर्दै आएका भन्सार एजेन्टहरूले सरकारले रोजगारी खोसेको भन्दै आन्दोलनको घोषणा गरेका छन् । 

भन्सार एजेन्ट प्रतिनिधि सङ्घ नेपालले एक विज्ञप्ति जारी गर्दै आफूहरूको राज्यले उचित व्यवस्थापन गर्नु पर्नेमा  भन्सार प्रतिनिधिले काम गर्न  व्यवस्था नै खारेज  गरेकोमा आपत्ति जनाएको छ ।

सरकारको निर्णयले देशभर कार्यरत तीन सयभन्दा बढी  भन्सार प्रतिनिधिहरू गत जेठ १५ गतेदेखि बेरोजगार भएकोले सरकारलाई दबाब दिन अन्दोलनमा उत्रिनु परेको सङ्घका अध्यक्ष उमेश अधिकारीले बताए ।

भन्सार प्रतिनिधिहरुले पटक पटक भन्सार विभाग,अर्थ मन्त्रालयलाइ ध्यानाकर्षण , ज्ञापनपत्र बुझाउदा पनि केहि सुनुवाइ नभएको हुँदा बाध्य भएर आन्दोलनमा जानुपर्ने  उनले बताए। 

राज्यको यस्तो नीतिले गर्दा विगत २३ दिनदेखि नै भन्सार प्रतिनिधिहरुले कामकाज गर्नबाट बन्चित भएको र सो प्रतिनिधिहरुसंग आश्रित तिन परिवार समेत मारमा परेका छन्। आफ्नो आन्दोलनको कार्यक्रमलाइ सफल पार्न आज भन्सार प्रतिनिधि खड्ग बहादुर कार्कीको  संयाेजकसहित ९ सदस्य संघर्ष समित समेत गठन भएको संघका  अध्यक्ष अधिकारीले बताए। 

धेरै संघर्षगर्दै आफ्नो आधि उमेर यही  पेशामा लगानी गरिसकेका संघर्ष समितिका संयोजक खड्ग बहादुर कार्कीले भने,‘म लगाएत मेरा सम्पूर्ण प्रतिनिधि साथीहरु धेरै पिडामा छन्,भन्सार जाचपास प्रक्रियामा अनुभवी र दक्ष्य हुँदा हुँदै भन्सार विभागले हामी र हाम्रो पेशालाई अन्य मुलुकले झैँ  व्यावस्थित गरि भन्सार इजाजतपत्र प्रदान गर्नुपर्नेमा बिना कारण खाइपाई आएको पेशाबाट पनि बन्चित गर्नुले निकै मन दुखेको छ।’ 

धेरै पटक वार्ता गर्दा पनि विभागका महानिर्देशकले केहि सुनुवाइ नगरेको हुँदा बाध्य भएर आइतबारदेखि शान्तिपूर्ण आन्दोलन,धर्ना तथा विरोध कार्यक्रम गर्ने संघर्ष समितिका संयोजक कार्कीले बाताए।

 

Logo