‘हेर्दाहेर्दै अन्माएर’मा विजय र सोनी

‘हेर्दाहेर्दै अन्माएर’मा विजय र सोनी

केन्द्रबिन्दु
0
Shares

गीतकार हिरा काजी थापाको शब्दमा तयार ‘हेर्दाहेर्दै अन्माएर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गायक गोपाल सोनामको स्वर रहेको सार्वजनिक गीतमा ओम सुनारको एरेन्ज तथा संगीत रहेको छ। जसमा आफूलाई भन्दा बढी माया गरेकी प्रेमीकाले धोका दिएर पराईसँग विवाह गएको दृश्यले धेरैको मन छुन्छ। 

प्रेम, रोमान्स र विरहले भरिएको सार्वजनिक गीतको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्वय विजय पुन मगर र सोनी ढुंगानाको अभिनय छ। भिडियोमा देव दोर्जे लामाको छायांकन, साजन शाहको मिक्सिङ  मास्टरिङ  तथा नविन निरौलाको कलर तथा सम्पादन छ। 

नृत्य निर्देशक प्रमोद भण्डारी सल्लाहकार रहेको सार्वजनीक गीतको भिडियो गीतकार तथा निर्माता एवं निर्देशक थापाकै अफिसियल च्यानलबाट बजारमा आएको हो।

 

Logo