नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार १ लाख ९ हजार ८ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन प्रतितोला आज ४ सय रूपैयाँले बढेर १ लाख १० हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।
साथै तेजाबी सुन १ लाख ९ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर १ हजार ३ सय ५० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।





























प्रतिक्रिया