जनता राज्यको प्राथमिकतामा नपरेको सांसद सिंहको गुनासोः भीआईपी परम्परा अन्त्य गर्न माग

जनता राज्यको प्राथमिकतामा नपरेको सांसद सिंहको गुनासोः भीआईपी परम्परा अन्त्य गर्न माग

केन्द्रबिन्दु
0
Shares

स्वतन्त्र सांसद अमरेश सिंहले आम नागरिक राज्यको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । 

आज आईतवार प्रतिनिधि सभा बैठकमा सांसद सिंहले देशमा जनताको आवश्यकताभन्दा राष्ट्रपति भवन, उपचार जस्ता सुविधा बढि प्राथमिकतामा परेको भन्दै भिआईपी परम्परा हटाउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘जनताको आवश्यकतालाई कहिले पनि ध्यान दिएनौ हामीले । राष्ट्रपतिको भवन सानो छ प्रहरी भवन भत्काएर पनि त्यहाँ हेलिप्याड बनाउ, निवासमा नै बनाउनु के आवश्यकता छ । हामीले राष्ट्रपतिको उपराष्ट्रपतिको गाडी पुरानो भयो नयाँ गाडी किनौँ, प्रधानमन्त्रीको एउटा गाडी थियो अहिले त्यो गाडि विग्रियो भने भनेर अर्को गाडीपनि सँगै हिनेको हुन्छ । हाम्रो देशमा भिआईपीहरु प्राथमिकतामा प-र्यो उहाँको उपचारदेखि सुविधा सबै तर जनता प्राथमितामा परेन ।’

नेपाल जस्तो सानो मुलुकमा राजनीतिक पदहरुको निमार्ण गरेर जनताको करबाट भिआईपी परम्परा निमार्ण गरिएको भन्दै आक्रोश पोखेका सांसद सिंहले गणतन्त्रप्रति जनतामा वितृष्णा बढ्दै गएको बताए । उनले भने, ‘हाम्रो मुलुक सानो छ ३ करोड मात्रै जनता छ, त्यहीमा धेरै पदहरु राखेर महङ्गो गाडी किन्ने, गाडिको अगाडी पछाडी सेना, प्रहरी र शसस्त्र तीन वटालाई नै राख्नु पर्ने यो भिआईपी परम्पराको अन्त्य हुनुप-र्यो । किनभने यही परम्पराले गर्दा नै आज गणतन्त्रप्रति जनतामा वित्रिष्णा बढ्दै गएको छ । जनताको करबाट भिआईपीको परम्परा निमार्ण भयो । ’

राष्ट्रपति र उपराष्ट्रपति समेत सेतो हात्ती भएको उनको टिप्पणी छ । 

Logo