सरकारले राम्रो काम नगरे आफैं गिर्छः सांसद पाण्डे

सरकारले राम्रो काम नगरे आफैं गिर्छः सांसद पाण्डे

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादीका सांसद सांसद राजेन्द्र पाण्डेले सरकारले राम्रो काम नगरे आफैं गिर्ने बताएका छन् । 

आइतवार प्रतिनिधि सभाको बैठकबाट बाहिरीने क्रममा सञ्चाकर्मीहरुसँग सांसद पाण्डेले सरकारले बजेट वितरणमा विभेद गरेको भन्दै राम्रो काम नगरे सरकार आफैँ ढल्ने बताएका हुन् । धादिङमा बजेट छुट्याउने काममा सरकारले विभेद गरेको उनको तर्क छ । 

उनले भने,‘डढेल्धुरा बाट जित्ने शेरबहादुर, गोरखाबाट जित्ने प्रचण्ड र धादिङबाट जित्ने राजेन्द्र पाण्डेमा के फरक छ ? ३ जना सत्ता पक्षको हो । एउटाको क्षेत्रमा ५५ करोड अर्कोको क्षेत्रमा ११० करोड र अकार्को क्षेत्रा जिरो यस्तो हुन मिल्छ ? सरकारले राम्रो काम गरेन भने गिर्छ । कर्मले नै गिर्छ ।’ 

‘मन्त्री भएपछि त बजेट झयाप्पै हाल्न पाउने रहेछ । प्रकाशशरणको ठाउँमा म अहिले अर्थमन्त्री भएको भए झ्याम्मै धादिङ जिल्लामा ओहिराउन पाउने रहेछु ।’ उनले थपे, ‘समानुपातिक रुपमा बजेट वितरण नगरी सुखै छैन ।’

सांसद पाण्डेले बजेट पास गर्न कुनैपनि मन्त्रीले कुनै सांसदसंग समस्या के छ भनेर सोध्न नआएको गुनासो पोखे । 

Logo